Butwal Today

खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च

२१ मंसिर २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, २१ मंसिर ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खजुरीको नेपाल प्रालिले उत्पादन गरेको ‘पफ’ बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको छ ।

विभागका अनुसार, बजार अनुगमनका क्रममा संकलित पफका नमुनालाई प्रयोगशालामा परीक्षण गर्दा त्यसमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने औद्योगिक ट्रान्स फ्याटको मात्रा तोकिएको अधिकतम सीमाभन्दा बढी देखिएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार खाद्य पदार्थमा ट्रान्स फ्याटको मात्रा २ प्रतिशतभन्दा बढी हुनु नहुने अनिवार्य व्यवस्था छ । तर, परीक्षणमा ट्रान्स फ्याटको मात्रा २ प्रतिशतभन्दा बढी भेटिएकाले विभागले उक्त उत्पादनलाई ‘न्यूनस्तरको खाद्य पदार्थ’ ठहर गरेको छ ।

विभागले ललितपुर, गोदावरी–१० स्थित उद्योगबाट उत्पादित ब्याच नम्बर बी १ थ्री ए र बी १ फाइभ ए का पफहरू तुरुन्त बजारबाट फिर्ता लैजान तथा थप बिक्री वितरण नगर्न निर्देशन दिएको छ । यस निर्देशना ऐनको दफा ३८ (२) र (४) अनुसार जारी गरिएको हो ।