Butwal Today

मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै

२१ मंसिर २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, २१ मंसिर ।

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादव आज शपथ ग्रहण गर्ने भएका छन् । कांग्रेस संसदीय दलका नेता समेत रहेका यादव ७ दलका ७७ प्रदेशसभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

यादव मङ्सिर १९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । श्रोतका अनुसार मुख्यमन्त्री यादवले आजै मन्त्रीमण्डल समेत विस्तार गर्ने सम्भावना रहेको छ ।

शनिबार राति भएको ७ दलीय गठबन्धनका संसदीय दलका नेताहरूको बैठकमा सहमति अनुसार, जसपा नेपाललाई सभामुखसहित दुई मन्त्रालय, नेपाली कम्युनिस्ट पार्टीलाई तीन, कांग्रेस र लोसपालाई समान रूपमा दुई–दुई मन्त्रालय दिने निर्णय भएको छ ।