© २०२३
काठमान्डौ, १९ मंसिर ।
प्रधानमन्त्री सुशील कार्कीले आह्वान गरेको निर्वाचन आयोग तथा राजनीतिक दलका प्रतिनिधिसँगको छलफलमा नेपाली कांग्रेसका तर्फबाट महामन्त्री गगन थापा र केन्द्रीय सदस्य पुष्पा भुसाल सहभागी हुने भएका छन् ।
शुक्रबार अपराह्न ४ बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा हुने बैठकमा कांग्रेसको तर्फबाट थापा र भुसाल सहभागी हुने जानकारी पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएका छन् ।
पौडेलका अनुसार कांग्रेसले निर्वाचन आयोगसम्बन्धी समन्वयको जिम्मेवारी केन्द्रीय सदस्य भुसाललाई दिएको भएकाले आयोगसँगको छलफलमा उनलाई प्रतिनिधित्व गराउने निर्णय भएको हो ।
प्रधानमन्त्री कार्कीले फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन तथा माघ ११ गते तोकिएको राष्ट्रियसभा निर्वाचनका तयारीबारे विस्तृत छलफल गर्न निर्वाचन आयोग र दलका प्रतिनिधिलाई बैठकमा बोलाएकी हुन् ।