Butwal Today

मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन

१९ मंसिर २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, १९ मंसिर ।

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले नेपाल आर्थिक रूपमा कमजोर भएकाले उपलब्ध श्रोत–साधनको अधिकतम उपयोग गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा शुक्रबार आयोजित सडक दुर्घटना न्यूनिकरण सचेतना स्वयंसेवक कार्यक्रममा बोल्दै उनले हालको वित्तीय अवस्थाले सबै योजना तुरुन्तै कार्यान्वयन गर्न नसकिने स्पष्ट पारे ।

उनका अनुसार सडकमा ट्राफिक लाइट जडान, सडक संरचना सुरक्षित बनाउने, ट्राफिक प्रहरीका भौतिक संरचना विस्तारजस्ता काम महत्वपूर्ण भए पनि बजेट सीमितताका कारण क्रमिक रूपमा अगाडि बढ्नुपर्नेछ ।

मन्त्री गुप्ताले ट्राफिक नियमलाई व्यवहारमा उतार्न सबैलाई आग्रह गर्दै सडक सुरक्षामा नागरिक र सुरक्षाकर्मी दुवैको दृष्टिकोण सकारात्मक हुनुपर्नेमा जोड दिए ।

उनले भने, “हामी सकारात्मक सोचसहित अघि बढ्न सके सबै काम सफलतापूर्वक अघि बढ्छन् ।”