ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ

६ हजार ८८७ नयाँ मतदाता थपिए

१८ मंसिर २०८२, बिहीबार
१८ मंसिर २०८२, बिहीबार

पाल्पा, १८ मंसिर

आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सरकार पक्षबाट घोषणा भएपछि पाल्पामा नयाँ पुस्ताका मतदाता उल्लेख्य रूपमा थपिएका छन्। निर्वाचनका लागि आवश्यक उमेर पुगेका ६ हजार ८ सय ८७ जना युवाले यसपालि मतदाता नामावलीमा आफ्नो नाम समावेश गराएका छन्।

भदौ २३ र २४ मा भएको ‘जेन्जी आन्दोलन’ पछि बनेको वर्तमान सरकारले फागुन २१ गतेदेखि लक्षित मतदाता नामावली संकलन प्रक्रिया सुरु गरेको थियो। राष्ट्रिय परिचयपत्रका आधारमा युवाहरूले ठूलो संख्यामा नाम दर्ता गराएका हुन्।

जिल्ला निर्वाचन कार्यालय पाल्पाका लेखा प्रमुख विनोद घिमीरेका अनुसार, अध्यादेशमार्फत नाम दर्ता खुला गरिएपछि कार्यालयमा नै उपस्थित भई १ हजार १७ पुरुष र ८ सय १० महिलाले नाम समावेश गराएका छन्।
यस्तै, २ सय ५९ पुरुष र ३ सय ७६ महिला अन्य जिल्ला बाट पाल्पामा बसाइँसराई गर्दै मतदाता पुनःदर्ताका लागि आएका छन्।

हाल कार्यालयले दर्ता भएकाहरूको विवरण रुजू तथा सच्याउने कार्य गरिरहेको घिमीरेले बताए। यो प्रक्रिया पूरा भएपछि मात्र नयाँ मतदाता नामावली सार्वजनिक गरिने उनले जानकारी दिए।

यसैबीच, दुईवटा संघीय र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको पाल्पामा यसअघि नै कायम रहेका ८१ वडाका १ सय १८ मतदान स्थललाई आगामी निर्वाचनमा पनि यथावत् राख्ने निर्णय गरिएको छ। निर्णय जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी ऋषि राम सुवेदीले जानकारी दिएका हुन्।

सुरक्षा समितिका सदस्य, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय तहका जनप्रतिनिधिहरू सहभागी सर्वदलीय बैठकले मतदान स्थल यथावत् राख्ने निर्णय गरेको हो। भने, मतदान केन्द्रका विषयमा भने अझै छलफल जारी रहेको प्रशासनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?