Butwal Today

यस्तो बन्दैछ गुण्डुमा ओली निवास

१८ मंसिर २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, १८ मंसिर ।

एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुर गुण्डुमा नयाँ निवास निर्माण सुरु भएको छ ।

बिहीबार सो निवासको शिलान्यास राधिका शाक्यले गरेकी हुन् । नयाँ निवासलाई ‘ओली कुटी’ नाम दिइएको छ ।

जेनजी आन्दोलनका क्रममा बालकोटस्थित निवासमा आगजनी भएपछि ओली हाल भक्तपुरको गुण्डुमा भाडाको घरमा बस्दै आएका थिए । अहिले बसिरहेको घर नजिकै करिब एक रोपनी क्षेत्रफलमा नयाँ भवन निर्माण हुने भएको हो ।

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार गुण्डुवासीले दिएको जग्गामा निर्माण भइरहेको नयाँ भवनमा बैठक कक्षहरू, पुस्तकालय, ग्रीनहाउस र कौसीखेतीका सुविधा रहनेछन् ।