© २०२३
काठमान्डौ, १८ मंसिर ।
प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा चुनाव सम्पन्न गराउने उद्देश्यका लागि सरकार सम्पूर्ण रूपमा सक्रिय रहेको बताएकी छन् ।
बिहीबार आयोजित २२औं राष्ट्रिय ज्यापु दिवसमा सम्बोधन गर्दै उनले भने, “सरकारले आउँदो २१ फागुनमा आमनिर्वाचन सम्पन्न गराएर युवा शक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तीव्र विकासको मार्गमा अग्रसर गराउनु हाम्रो दायित्व हो । त्यसैले घोषित मितिमा चुनाव सम्पन्न गर्ने लक्ष्यका साथ सरकार सम्पूर्ण रूपमा जुटेको छ । यो अभियान सफल बनाउन सबै नेपालीको सहभागिता र सहयोग आवश्यक छ ।”
प्रधानमन्त्री कार्कीले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका घटनाबाट पाठ सिक्नुपर्ने भन्दै मुलुकका युवाले भ्रष्टाचार अन्त्य, सुशासनको स्थापना, रोजगार सिर्जना र जनजीवनमा स्थिरता सुनिश्चित गर्न आवश्यक ठानेको बताइन् ।
उनले भनिन, “यी चाहनाहरू पूरा गर्न सबैले कटिबद्ध भएर आ–आफ्नो ठाउँबाट सक्रिय हुनुपर्छ ।”