ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ

मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी

१८ मंसिर २०८२, बिहीबार
१८ मंसिर २०८२, बिहीबार

काठमान्डौ, १८ मंसिर ।

मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामासँगै मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया तीव्र बनेको छ । प्रदेश प्रमुख सुरेन्द्रलाल लाभले बुधबार संविधानको धारा १६८९२० अनुसार सरकार गठनका लागि आह्वान गरिसकेका छन् ।

तर दलहरूबीच सहमति भइनसकेकाले मुख्यमन्त्री चयनमा अनिश्चितता कायमै छ । अहिले नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालको दाबी सबभन्दा बलियो रूपमा देखिएको छ ।

माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरत साहका अनुसार सात दलीय गठबन्धनले सामूहिक रूपमा निर्णय गर्नेछ । उनले भने, “लोसपा र कांग्रेस मात्र होइन, गठबन्धनमा रहेका सबै दलले सरकारको नेतृत्व पाउन दाबी गरेका छन् । सहमतिको आधारमै अन्तिम टुंगो लाग्नेछ ।”

यसअघि पाँच दलको गठबन्धन—माओवादी, एकीकृत समाजवादी, जसपा, जनमत र लोसपाले मिलेर लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाएको थियो । विश्वासको मत प्रक्रियामा प्रवेश नहुँदै सोनलले राजीनामा दिएपछि एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।

तर सो नियुक्ति अवैधानिक भएको दाबी गर्दै कांग्रेस, माओवादी, जनमत, लोसपा र जसपा नेपालसहित सात दलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सुनुवाइपछि सर्वोच्चले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो । बुधबार यादवले विश्वासको मत नलिएर राजीनामा दिएपछि नयाँ सरकार गठनको गृहकार्य औपचारिक रूपमा सुरु भएको हो ।

लोसपा नेता सोनलले विशेष परिस्थितिमा राजीनामा दिएर गठबन्धनको नेतृत्व गरेको जनाउँदै पहिलो दाबी लोसपाको नै हुने बताएका छन् । महासचिव डा। सुरेन्द्र झा भन्छन्, “सोनलले कुन परिस्थितिमा राजीनामा दिए, सातवटै दलका नेताहरू जानकार छन् ।”

यता कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले गठबन्धनभित्र ठूलो दलको हैसियतले कांग्रेसको दाबी नै वैध हुने जिकिर गरे । उनको भनाइमा, “सबै दलले पालैपालो मुख्यमन्त्री भइसके । अब कांग्रेसको दाबी स्वाभाविक हो। तर सहमति अनिवार्य छ ।”

कांग्रेसले सुरुमा पाँच दलीय गठबन्धन छाडेर एमालेको साथ लिएको र पछि मात्र सोनलले राजीनामा दिएपछि गठबन्धनमा फर्किएको भन्दै अन्य दल कांग्रेसप्रति असन्तुष्ट देखिन्छन् । जसपा नेपालका एक नेताका शब्दमा, “कांग्रेसले सुरुमै गठबन्धन नछाडेको भए अवस्था अर्कै हुन्थ्यो । कांग्रेसले मुख्यमन्त्री पाउनकै लागि पूरा खेल रच्यो ।”

माओवादी केन्द्रका नेता साहका अनुसार अब सात दलबीच प्याकेज सहमतिको तयारी भइरहेको छ । उनी भन्छन्, “सभामुख, मुख्यमन्त्री, आयोगका नियुक्ति, मन्त्रालय–सबै विषय एकैपटक टुंगो लाग्नेछ । सहमतिपछि मुख्यमन्त्री घोषणा हुनेछ ।”

यससँगै मधेश प्रदेशमा नयाँ सरकार कसले नेतृत्व गर्ने भन्ने अन्तिम टुंगो अब दलगत सहमति र शक्ति गणितमा निर्भर रहने स्पष्ट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?