Butwal Today

पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य

१८ मंसिर २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, १८ मंसिर ।

काठमाडौँ गोर्खाजले पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य प्रदान गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १६५ रन जोड्दै प्रतिस्पर्धात्मक स्कोर खडा गर्‍यो ।

काठमाडौँका लागि बेन चार्ल्सवर्थले ६४ रनको उत्कृष्ट पारी खेले भने भीम सार्कीले २३ बलमा ५५ रन प्रहार गर्दै टोलीलाई सशक्त स्थितिमा पुर्‍याए ।

अन्य ब्याटरहरूबाट भने विशेष योगदान आएन । मिलिन्द कुमारले १३ रन जोडे, जोन सिम्पसन २ रनमा समेटिए, मोहम्मद आदिल अन्सारी र रसिद खानले समान ७–७ रन बनाए । कप्तान करण केसी ४ रनमा आउट भए भने आकाश त्रिपाठी खातै नखोली पेभेलियन फर्किए ।

पोखरा एभेन्जर्सका बलरमध्ये धनञ्जय लक्षणले शानदार ४ विकेट हात पारे । कप्तान कुशल भुर्तेलले २ विकेट लिए भने विपिन खत्री र किरण ठगुन्नाले प्रत्येकी एक–एक विकेट योगदान गरे ।

अब पोखराले लक्ष्य पछ्याउने क्रममा १६६ रन बनाउनुपर्नेछ ।