© २०२३
काठमान्डौ, १८ मंसिर ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले आसन्न एघारौँ महाधिवेशनमा उपमहासचिव पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । ‘एमालेको ११औँ महाधिवेशनमा केपी ओलीलाई समर्थन गर्दै उपमहासचिवमा मेरो सशक्त दाबेदारी रहन्छ’, उनले भने ।
यद्यपि, ओली पक्षले अहिलेसम्म औपचारिक रूपमा आफ्नो प्यानल घोषणा गरेको छैन ।
एमालेको एघारौँ महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ । महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केपी ओलीलाई अध्यक्ष पदमा चुनौती दिने घोषणा गरिसकेका छन् ।
प्यानल घोषणा भएपछि ओली पक्षले आफ्नो उम्मेदवारको टिम सार्वजनिक गर्ने तयारीमा छ भने, त्यसपछि पोखरेल पक्षले पनि आफ्नो प्यानल प्रस्तुत गर्ने तयारी छ ।