© २०२३
काठमान्डौ, १७ मंसिर ।
सदनमा पदत्यागको घोषणा गरेका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णसमक्ष औपचारिक रूपमा राजीनामा पत्र बुझाएका छन् ।
सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै उनले पदबाट राजीनामा दिने निर्णय गरेका हुन् ।
बुझाइएको राजीनामा पत्रमा यादवले लेखेका छन्—“सम्मानित सर्वोच्च अदालतको आदेशलाई शिरोधार्य गर्दै, राजनीतिक परिस्थितिले देखाएको सन्देशलाई आत्मसात् गर्दै, नागरिकको भावना तथा प्रदेशको व्यापक हितलाई प्राथमिकता दिँदै, म मुख्यमन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँछु ।”