Butwal Today

राप्रपाद्वारा विरोध प्रदर्शन संयोजन समिति गठन

१७ मंसिर २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, १७ मंसिर ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी विरोध प्रदर्शन तथा सभाहरूको समन्वयका लागि चार सदस्यीय संयोजन समिति गठन गरेको छ । समितिको संयोजकको जिम्मेवारी प्रवक्ता ज्ञानेन्द्र शाहीलाई दिइएको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा जारी विज्ञप्ति अनुसार देशभर पार्टीको धारणा प्रभावकारी रूपमा प्रवाह गर्न तथा विरोध कार्यक्रमहरूको व्यवस्थापन सुदृढ बनाउन केन्द्रीय संयोजन समिति गठन गरिएको हो ।

समितिका अन्य सदस्यहरूमा प्रवक्ता गोपाल दाहाल, सहमहामन्त्री धनबहादुर बुढा र सहमहामन्त्री रविन्द्र प्रताप शाह रहेका छन् ।