ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

गौ पालनका लागि रुरु क्षेत्रमा एक हप्ते महायज्ञ हुने

१७ मंसिर २०८२, बुधबार
१७ मंसिर २०८२, बुधबार

पाल्पा, १७ मंसिर

रुरु गौ सेवा आश्रम तानसेन–१४ कुसेनी र रुरु क्षेत्र धाम रिडीमा आगामी मंसिर १९ गतेदेखि २५ गतेसम्म एक हप्ते भविष्य पुराण धान्याञ्चल महायज्ञ सञ्चालन हुने भएको छ। आश्रममा रहेका गाईको दीर्घकालीन संरक्षण, पोषण र व्यवस्थापनका लागि आवश्यक वार्षिक खर्च जुटाउने उद्देश्यसहित महायज्ञ आयोजना गर्न लागिएको हो।

रुरु गौ सेवा आश्रमले पछिल्ला पाँच वर्षदेखि निरन्तर गौ संरक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ। रिडी क्षेत्रका करिब दुई सय छाडा गाईको व्यवस्थित संरक्षण गर्ने लक्ष्यसहित शुरु गरिएको आश्रममा हाल १ सय ३५ वटा गाई पालन–पोषण भइरहेका छन्।

महायज्ञमा योगाचार्य महिला बाचिका सरितानन्दी माताजी प्रमुख बाचक रहनेछन् भने प्रथम महिला जगदगुरु शंकराचार्य माता हेमानन्द गिरीजी महाराजको विशेष उपस्थित रहने कार्यक्रम छ। भक्तजनहरूले गाईको पोषणका लागि आवश्यक घास, दाना, पराल, धान, मकै तथा नगद दान गर्न सक्ने व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ। एक गाई पालन गर्न मासिक २ हजार १ सय रुपैयाँ लाग्ने भएकाले सोही अनुरूप दान गरी पुन्य कमाउन सबैलाई आग्रह गरिएको छ।

महायज्ञ अवधिभर दैनिक भजन प्रतियोगिता, दीपोत्सव, करोडौँ दीया प्रज्वलन, निशुल्क भण्डारा र महाआरती जस्ता कार्यक्रम सञ्चालन हुनेछन्। टाढाबाट आउने भक्तजनका लागि खान–बस्ने सम्पूर्ण व्यवस्था रहेको आश्रमका मुल संरक्षक शंकर गिरीले जानकारी दिए। भजन प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्वितीयलाई १५ हजार, तृतीयलाई १० हजार र सान्त्वनालाई ५ हजार पुरस्कार प्रदान गरिनेछ।

हिन्दु धर्ममा जन्मदेखि मृत्युसम्म गाईको महत्व रहेको उल्लेख गर्दै आश्रमकी अध्यक्ष राजु राणा मल्लले गाईबारे जनचेतना फैलाउने, गोबर–गौमुत्रको उपयोगिताबारे जानकारी दिनेसहित संरक्षण अभियानमा आश्रम निरन्तर सक्रिय रहेको बताइन्।

गौ सेवा आश्रम सञ्चालन भएपछि पाल्पा, गुल्मी, अर्घाखाँची र स्याङ्जाका विभिन्न स्थानमा छाडा गाई–गोरुका कारण कृषकलाई दिनरात खेतबारीको सुरक्षा गर्नुपर्ने बाध्यता हटेको आश्रमकी उपाध्यक्ष सिता ज्ञवालीको भनाइ छ। उनले कम्तीमा एक गाईको मासिक खर्च २१ सय रुपैयाँ दान गरेर पुन्य कमाउन सबैमा आग्रह गरिन्।

नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले आश्रमको प्रचार–प्रसारमा पत्रकारहरूको पूर्ण सहयोग रहने प्रतिवद्धता जनाए।

बार्षिक रूपमा गौ संरक्षणमा ४० देखि ५० लाख रुपैयाँ खर्च हुने आश्रमले यस महायज्ञबाट २० देखि ३० लाख रुपैयाँ सम्म आम्दानी हुने अपेक्षा गरेको छ। लैनो गाई ५ हजार रुपैयाँमै जुनसुकै बेला किन्न सकिने र दुध दिन छोडेपछि पुनः आश्रममा बुझाउन सकिने व्यवस्था पनि रहेको संरक्षक गिरीले जानकारी दिए।

महायज्ञ सफल बनाउन आवश्यक तयारी अन्तिम चरणमा पुगेको आयोजक पक्षले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?