© २०२३
बुटवल ।
बुटवल हस्पिटललाईनमा रहेको ग्याष्ट्रो सेन्टर बुटवल प्रालिले आफ्नो स्थापनाको तेस्रो वर्ष स्थापनाको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५० बढीले रक्तदान गरेको सेन्टरले जनाएको छ ।
दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको ग्याष्ट्रो सेन्टरले रक्तदानसँगै समुदायमा रचनात्मक र सामाजिक उत्तरदायित्वका कार्यक्रम समेत गरेको सेन्टरले जानकारी गराएको हो । स्थापनाको यो अवधिमा साढे तीन हजार पेट सम्वन्धि समस्या भएका बिरामीहरुलाई स्वास्थ्य सेवा र परामर्श दिदै आएको सेन्टरले रुपन्देही, अर्घाखाँची, प्युठानलगायतका थुप्रै जिल्लाहरुमा निःशुल्क स्वास्थ्य शिविर समेत गरेको जनाएको छ ।

विरामीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नु भन्ने मुख्य उद्देश्य राखेको प्रालिले पेटका बिरामीहरुको इन्डोस्कोपी, क्लोनोसकोपी, इपीएल, फाइब्रोस्कान, पोलिपेक्टोमीलगायतका परिक्षणहरु पनि गर्दै आएको प्रालिका संचालक तथा बरिष्ठ पेट, आन्द्रा, कलेजो तथा प्याक्क्रियाज रोग विशेषज्ञ डाक्टर मोहन भुसालले जानकारी दिए । उनले राजधानी बाहिर पनि स्वास्थ्यमा गुणस्तरीय सेवा पाइन्छ भन्ने विश्वास विरामीहरुलाई दिलाउन दुई वर्ष पहिले प्रालिको स्थापना गरिएको उल्लेख गर्दै प्रालिमा आउने विरामीको सन्तुष्टिनै आफ्नो सेवा भएको विश्वास ब्यक्त गरे ।
उनले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न जिल्लामा निःशुल्क शिविर समेत गरिएको उल्लेख गर्दै प्रालिमा आउने विपन्न, असहाय, गरिव, आर्थिक अवस्था कमजोर भएका र जेष्ठ नागरिकहरुलाई निःशुल्क सेवा समेत दिएको जानकारी दिए । उनले यो अवधिमा सामाजिक उत्तरदायित्व अन्तरगत प्रालिबाट मात्रै साढे चार लाख रुपैया बढीको ओपिडी, क्लोनोस्कोपी, इन्डोसकोपीलगायतको परिक्षण र चेकजाँचमा निःशुल्क सेवा दिएको जानकारी दिए ।
स्थापनाको यो अवसमा विरामीहरुलाई केही सेवामा छुटको ब्यवस्थासँगै विपन्न, असहाय, गरिव, आर्थिक अवस्था कमजोर भएका र जेष्ठनागरिकहरुलाई निःशुल्क दिइने सेवालाई निरन्तरता दिइने बताए । उनले विरामीको सेवाकालागि पत्तथैलीमा पत्थरीको अप्रेशन (ईआरसीपी) सेवा समेत संचालन गर्ने गरि योजना बनाएको र यो एक वर्षमा (ईआरसीपी) सेवा समेत सुरु गर्ने जानकारी दिए ।