© २०२३
काठमान्डौ, १६ मंसिर ।
मधेस प्रदेशसभाका उपसभामुख बबिता राउतले मुख्यमन्त्री नियुक्ति विवादमा सर्वोच्च अदालतले जारी गरेको परमादेशसम्बन्धी पत्र सोमबार राति नै प्रदेशसभा सचिवालयमा आएको जानकारी दिएकी छन् ।
उनका अनुसार मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन निर्देशन गरिएको सर्वोच्चको पत्र सोमबार राति साढे ८ बजे सचिवालयमा प्राप्त भएको हो । उपसभामुख राउतले भनिन्, “प्रदेशसभा सचिवालयमा सर्वोच्च अदालतको पत्र आइसकेको छ । अब हामी मुख्यमन्त्री कार्यालयबाट आउने पत्रको प्रतीक्षामा छौं ।”
मुख्यमन्त्री कार्यालयबाट पत्र आएपछि आवश्यक प्रक्रिया अघि बढाइने स्पष्ट गर्दै उनले प्रदेशसभा बैठक डाक्न सचिवालय तयार रहेको बताइन् ।