ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु
‘मानवताको लागि संगीत’

नेपथ्यको संगीतमा झुमे बुटवलबासी

९ पुष २०७९, शनिबार
९ पुष २०७९, शनिबार

बुटवल, ९ पुस ।

नेपालको चर्चित लोकपप ब्याण्ड नेपथ्यको प्रस्तुतिमा शनिबार बुटवलका दर्शक झुमे । पुसको दोस्रो हप्ता बिस्तारै चिसिदै गरेको मौसममा नेपथ्यको ठेट लोक भाका र रक गितमा दर्शक नाचे ।

‘मानवताको लागि संगीत’ नारासहित मानवता प्रवद्र्धन अभियानमा लागेको मानव सेवा आश्रमको लागि अक्षयकोष स्थापना गर्ने उद्देश्यका साथ सुरु भएको नेपथ्यको सागितिक यात्राको आठौ प्रस्तुती बुटवल रामनगरस्थित खेलमैदानमा भएको हो । जहाँ ६ हजार टिकट र भिआईपी पासहरुबाट प्रवेश गरेका अतिथि, दर्शकहरुलाई नेपथ्यको सुमधुर संगितमा रमाएका थिए ।

मानव सेवामा अग्रसर मानव सेवा आश्रमले गरेका कामहरुको १५ मिनेट लामो डकुमेन्ट्री देखाएर कार्यक्रम सुरु भएको थियो । ठिक ६ बजे नेपथ्यको पुराना गितहरुको म्युजिक भिडियो स कर्णाली, झम्काईदेउ झम्काईदेउ गलै माया झम्काईदेउ, मैमरि जाउला जीवन छोटो छ, लेखेको सम्झना नफाल सिरानमा फोटो छ । लगायतका म्युजिक भिडियो प्रस्तुत भए । ठिक ६ बजे ‘आगनैभरि हिउ नै झरे, आरु फूल है टिपि राखे है’ गितबाट कार्यक्रम शुरु भयो । लगतै उनको चर्चित गित ‘आकासबाट के उडि आयो, भेडाको उनजस्तो, मायाको फोटो म खिचि लान्छु, पुर्नेको जुन जस्तो ।’

गित गाउँदा धेरै दर्शक नाचेका थिए । यसपछि ‘छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, छाडेन कहिले जहाँ गएपनि मायाको धुईरोले, झयालैमा बसेर लहै जिस्काउन पर्दैन…’ गाउदै दर्शकलाई मंत्रमुग्न बनाए । उपस्थित दर्शकलाई गाउघरको सम्झना गराउँदै उनले सुरु गरे अर्को गित ‘खान्न म त लामपाते सुर्ती, लाउँ कि नलाउ जुग जाने पिरती’, ‘चरि मर्यो सिसैको गोलीले, माया बस्यो त्यो मीठो बोलीले, उडायो रेलैले….’ तथा उनको चर्चित गित ‘जोमसोमै बजारमा १२ बजे हावा सरर, हे हजुर घर हाम्रो पोखरा अहिलेसम्म भाछैन घरबार….’ मा दर्शकलाई नचाए ।

गायक अमृत गुरुङले गीतसंगै बीचबीचमा कार्यक्रमको विषयमा प्रष्टयाउँदै गए । देश भ्रमण र पर्यटनलाई जोडेर सन्देशहरु दिए । फेरि गाए ‘सिरफुल सिरैमा बनफुल वनैमा, हिउँको फुल धौलाशिरैमा’ गाए । विदेशमा गएर भर्ति भएका नेपाली र उनिहरुको विरताको कथा र लाहुरे घर फर्किदाको खुशियाली ब्यक्त गर्दै ‘नैनताल नैनताल घुमिआए रेल…’ गित गाउँदा सबै भावुक भए । ‘जिवन हो घाम छाया, सुख दुःख दुबै हुन्छ ।’, मानिसले जन्मपछि मृत्यु स्वाभाविक भएको भन्दै मानव कल्याणमा लाग्न आग्रह गर्दै
पुर्वेली शब्दले भरिएको ‘कोशीको पानी यो जिन्दगी जाई जाने हो, आमाको कोखमा बासमात्र लिए पनि कुन देशको मरण हो ।’ गाए । यसैगरी ‘भटटट भटटट भटभटे आयो, बाटो छोडछोड…..’, ‘गाउँगाउँबाट उठ, बस्ती बस्तीबाट उठ यो देशको मुहार फेर्नलाई उठ’ भन्ने देश बनाउन संकल्प गर्न जनताले भोट दिएर जिताएका जनप्रतिनिधिहरुलाई नमात्तिन र हारेकालाई हरेश नखान भन्दै उनले देश विकासमा सबै एक भएर लाग्न सुझाव सहित गित गाए ।

अमृत गुरुङ्गले प्रस्तुतिसँंगै बीचबीचमा देशभक्त, शिक्षा, पर्यटन प्रवद्र्धन, चेतनाका नाराहरु सुनाए । नेपालका पर्यटकीय स्थानहरु भ्रमण गर्न सल्लाह दिने, बालबालिकाको शिक्षामा पहुँच पुर्याउने, ट्राफिक सचेतनाको समेत कुरा गर्न भ्याएका थिए । आफनै संगीत सामग्रीसहित नेपथ्यले कार्यक्रम गर्नु एउटा विशेषता पनि हो । ‘चरी मर्यो सिसैको गोलीले, माया बस्यो त्यो मीठो बोलीले ।

तालको माछा कोही गन्न सक्दैन, जातै सानो मायामा हँुदैन, माया साथैमा उडायो रेलैले’ मार्फत माया लगाउँदा जातले नछेक्ने सन्देश दिए । उनले सालैजो भाकामा समेत गित गाएका थिए । बुद्धजन्म स्थल लुम्बिनीको सम्भापनालाइ उजागर गर्दै उनले जोडे अर्को गित ‘जोगले हुन्छ भेट, मायाले हुन्छ सम्झना’ नेपालका सबै कुनाकाप्चामा बस्ने नेपाली हो भन्ने सन्देश दिने गरि उनले ‘तिमी पनि नेपाली, म पनि नेपाली, हामी नेपाली ’ भन्ने गित गाए ।

‘सानुमा सानु कमलको हागा, रेशम..’ ले फेरी दर्शक नचाए । योसंगै उनले पुनः दर्शकलाई तताउने गरी झाउरे भाकाको ‘जाम भने जाउ त नि, २–४ महिना घुमेर आउतनी, हिमाल चुचुरे, दाईको मन कस्तो बानी निष्ठुरी…..झ्यालैमा बसेर नजिक्याउ है….’ गित गाए । कार्यक्रमको अन्ततिर उनले ‘झ्याउरी भाका, मै नाचे छमछम’ बोलको गित गाउदै आफनो टिमको परिचय दिए भने स्थानिय आयोजकलाई समेत कार्यक्रम आयोजना गरेकोमा धन्यबाद दिन भ्याए । अन्तमा उनले ब्याण्डको चर्चित गित ‘तालको पानी माछीले खाने, पेरेमसित जानेकी नजाने’

अन्तमा ‘ रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो, जिउंदो रगत सरी यो वल्दो यो शान हाम्रो’ गीतसंगै कार्यक्रमबाट बिदा लिए ।

बीचबीचमा वाद्यवादनबाट समेत रमाईलो संगितमार्फत दर्शक नचाउन ब्याण्डका सदस्यहरु सफल भएका थिए । ब्याण्डको अनुभवी सदस्य खर्क बुढामगरले मादलको धुनले धेरैलाई अचम्म पारिदिएका थिए । यसैगरी निरज गुरुङ्गले गितार र सुविन शाक्यले बेसको धुन निकाले भने किर्बोडमा सुरज थापा र ड्रममा धुव तामाङ्गले टिमलाई साथ दिएका थियो ।

मानव सेवा आश्रमको अक्षयकोष स्थापनाको लागि आयोजना गरिएको कार्यक्रमको सहआयोजकका रुपमा रोटरी क्लब अफ बुटवल डाउनटाउन रहेको थियो ।
यसअघि नेपथ्यले आफनो रजत उत्सवको अवसरमा संगितमार्फत शिक्षा र सामाजिक विकृति विरुद्ध अभियान चलाएको थियो ।

मानवसेवा आश्रमका प्रमुख रामजी अधिकारीले नेपथ्य ब्याण्ड मनोरञ्जनसंगै नेपाली भाषा र संस्कृति जगेर्नाको अभियानमा लागेको बताए । यसअघि नेपथ्यले विराटनगर, वीरगन्ज, हेटौंडा, चितवन, नेपालगंज, धनगढी र वीरेन्द्रनगर सुर्खेतमा हजारौं दर्शकका बीच भब्य कन्सर्ट प्रस्तुत गरिसकेको छ । नेपथ्य ब्याण्ड नेपाल र विश्वभरि छरिएका नेपाली युवापुस्तामाझ लोकप्रिय लोक रक संगीत टोली हो ।

यसपटकको महिना दिन लामो नेपाल भ्रमण अन्तर्गत बुटवलमा आठौं प्रस्तुती दिएको हो । बुटवलमा यसअघि नेपथ्य ७ पटक आफनो प्रस्तुती लिएर उपस्थित भइसकेको छ । त्यसमध्ये ‘शान्तिको लागि शिक्षा’ अभियान लिएरै तीनपटक आएको थियो । अघिल्लोपटक सन् २०१८ मा यहाँको रंगशालामा प्रस्तुती दिनका लागि ब्याण्ड आएको थियो । संगीतका साथसाथै मानवताको उद्देश्यसहित मानवसेवा आश्रमको आयोजनामा यसपटक नेपथ्यले नेपालको पुर्वदेखि पश्चिमसम्म गरेर दस स्थानमा कन्सर्ट आयोजना गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?