© 2026
काठमान्डौ, १५ मंसिर ।
नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले फागुन २१ मा हुने चुनावमा कसैले पनि अवरोध सिर्जना गर्न नहुने बताएका छन् । सोमबार पार्टी बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा भुसालले मुलुकको राजनीतिक निकास निर्वाचनमार्फत मात्र सम्भव हुने भएकोले सरकारसँग पनि तोकिएको मितिमा चुनाव सञ्चालनमा विशेष ध्यान दिनुपर्ने बताए ।
भुसालले भने, “चुनावबारे कसैले यताउता बाधा अवरोध नगरुन्, एमालेले पनि नगरोस् । कमरेड ओलीका नीतिहरूले मुलुकले धेरै कुरा गुमाएको छ । अब कमरेड ओली, तपाईंले पनि चुनाव बिथोल्नेतिर नलाग्नुस् ।”
उनले कांग्रेसले पनि चुनावबारे द्विविधा नदेखाउने, र तत्कालीन माओवादी तथा हालको नेपाली कम्युनिस्ट पार्टीले पूर्व हेरेर पश्चिमको योजना नबनाउने आग्रह गरेका छन् । साथै, भुसालले माओवादी नेतृत्व, विशेष गरी प्रचण्डले बोलेका कथनमा विश्वास नगर्नुपर्ने र नागरिकले निर्भयपूर्वक भोट हाल्न सक्ने अवस्था सिर्जना गर्नुपर्ने बताए ।