© २०२३
काठमान्डौ, १५ मंसिर ।
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकअघि सोमबार पदाधिकारी बैठक बस्ने भएको छ । बैठक मध्यान्ह १२:३० बजे पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको छ ।
पदाधिकारी बैठकमा केन्द्रीय समितिमा पेश गरिने महाधिवेशनको कार्यतालिकाको एजेण्डामा छलफल हुने छ । कार्यतालिकामा सहमति जुटेपछि यसलाई केन्द्रीय समिति बैठकमा पेश गरिने व्यवस्था छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस अन्तिम साता १५ औं महाधिवेशन सञ्चालन गर्ने गरी कार्यतालिका आजको बैठकमा प्रस्तुत गर्ने तयारी गरेका छन् । कांग्रेसको केन्द्रीय समितिको बैठक ६ मंसिरदेखि महाधिवेशनसँग सम्बन्धित विवादका कारण स्थगित हुँदै आएको थियो ।
सभापति शेरबहादुर देउवाले पनि पुसभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन तयार भएपछि, यसलाई केन्द्रीय समिति बैठकमा निणायार्थ प्रस्तावको रूपमा पेश गरिने छ ।