ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

चौथो जितपछि काठमाडौँ प्लेअफ नजिक, कर्णालीलाई गाह्रो

१४ मंसिर २०८२, आइतबार
१४ मंसिर २०८२, आइतबार

काठमाडौँ ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सलाई हराउँदै काठमाडौँ गोर्खाज ‘प्लेअफ’ नजिक पुगेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा  आइतबार कर्णालीलाई हराएसँगै काठमाडौँ अंक तालिको दोस्रो स्थानमा उक्लिएको छ। कर्णालीको आठ अंक भएको छ भने शीर्षस्थानमा रहेको सुदूरपश्चिम रोयल्सको १० अंक छ।

यो हारसँगै काठमाडौँको ‘प्लेअफ’ यात्रा कठिन भएको छ। कर्णालीले लगातार तेस्रो हार ब्यहोरेको छ। अहिलेसम्म खेलका पाँच खेलमा चौथो हार हो। एक खेल मात्रै जितेको कर्णालीको दुई अंक छ।

आइतबार भएको खेलमा काठमाडौले कर्णालीलाई पाँच विकेटले पराजित गरेको हो। अब लिग चरणको आफ्नो अन्तिम खेलमा काठमाडौँले बिहीबार पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल जितेमा ‘प्लेअफ’ सुनिश्चित हुनेछ भने हारेमा अन्य टोलीको नजितामा भर पर्नुपर्नेछ।

कर्णालीले लिग चरणमा पोखरा र जनकपुर बोल्ट्ससँग खेल्न बाँकी छ। कर्णालीले पोखरासँग बिहीबार र जनकपुरसँग आइतबार खेल्ने तालिका छ। कर्णालीले अब प्लेअफ पुग्नका लागि बाँकी दुई खेलमा जित निकालेर मात्र पर्याप्त हुनेछैन। अन्य खेलको नतिजा पनि आफु अनुकुल आउनुपर्नेछ।

कर्णालीले दिएको एक सय ५० रनको लक्ष्य काठमाडौँले १८ ओभरमा पाँच विकेटको क्षतिमा भेट्टायो। चौथो विकेटका लागि जेरहार्ड इरसमस र जोन सिमसनले ८६ रनको साझेदारी गरेपछि काठमाडौँले सहजै लक्ष्य भेट्टाएको हो।

जोन सिमसनले २१ बलमा चार चौका र दुई छक्काको सहयोगमा ४१ रन बनाउँदा नन्दन यादवको बलमा गुल्सन झाको हातबाट क्याच आउट भए। जेरहार्ड ४३ रनमा नटआउट रहे। उनले ३३ बलमा दुई चौका र दुई छक्का प्रहार गरे।

त्यस्तै, भीम सार्की ६ रनमा नटआउट रहे। रसिद खान शून्यमा आउट भए। २१ बलमा दुई चौका र तीन छक्काको सहयोगमा ३४ रन बनाएका वेन चार्ल्सवर्थ पवन सर्राफको बलमा बोल्ड आउट भए। मिलिन्द कुमार १५ रनमा रनआउट हुन पुगे। आकाश त्रिपाठी आठ रन बनाउँदा क्याच आउट भए।

कर्णालीका लागि नन्दन यादवले तीन विकेट लिए। पवन सर्राफले एक विकेट आफ्नो नाममा गरे।

त्यसअघि टस जितेर ब्याटिङ गरेको कर्णालीले सात विकेटको क्षतिमा एक सय ४९ रनको योगफल तयार पारेको थियो। कर्णालीका लागि गुल्सन झा २२ बलमा ६ चौका र तीन छक्काको सहयोगमा ४९ रन बनाएर अविजित रहे। नन्दन यादव एक रनमा अविजित रहे।

त्यस्तै, २९ बलमा दुई चौका र दुई छक्का प्रहार गरेका पवन सर्राफ ३५ रन बनाउँदा सन्तोष यादवको बलमा एलबीडब्लूको धरापमा परे। २७ बलमा एक चौका र दुई छक्का प्रहार गरेका ओपनर मार्क वाट ३० रन बनाउँदा रन आउट हुन पुगे। अर्का ओपनर प्रियांक पञ्चाल डकआउट हुन पुगे।

विलियम बसिस्टो एक रनमा नै रन आउट भए। नजिबुल्लाह जड्रान १२ रन बनाउँदा रसिद खानको बलमा साहब आलमको हातबाट क्याच आउट भए। कप्तान सोमपाल कामी ६ रनमा मिलिन्द कुमारको बलमा कट एन्ड बोल्ट हुन पुगे। दीपक डुम्रे १० रन बनाउँदा रसिद खानको बलमा बोल्ड आउट भए।

काठमाडौँका लागि रसिद खानले दुई विकेट लिए। करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले एक-एक विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?