© २०२३
काठमान्डौ, १४ मंसिर ।
नेकपा एमालेले आगामी एघारौँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित विशेष कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिकीकरण गरेका हुन् ।
एमालेले मंसिरको अन्तिम सातामा भक्तपुरको सल्लाघारीमा महाधिवेशन गर्ने तयारी गरिरहेको छ । त्यसका लागि हाल देशभरका सबै जिल्लामा प्रतिनिधि छनोट प्रक्रिया तीव्र रूपमा जारी छ ।