ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

रवि–छवि मुद्दाको सुनुवाइ किन बारम्बार स्थगित भयो ?

१४ मंसिर २०८२, आइतबार
१४ मंसिर २०८२, आइतबार

काठमाडौँ ।

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा कानुन व्यवसायीहरूको आवेदका आधारमा तीन पटकसम्म स्थगित भइसकेको छ ।

लामिछाने र जोशीको मुद्दा एकैसाथ सुनुवाइ हुँदै आएको भए पनि दुवै पक्षका कानुन व्यवसायीहरूले छुट्टाछुट्टै निवेदन दिएर तीन पटक सुनुवाइ रोकाएका हुन् । लामिछानेका तर्फबाट दुई पटक र जोशीका तर्फबाट एक पटक स्थगित गरिएको उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जनाएको छ ।

अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलका अनुसार, कानुन व्यवसायीहरूले उचित कारण देखाएर सुनुवाइ स्थगित गराउन पाउने भएकाले अहिले सम्मका स्थगनलाई अस्वाभाविक भन्न नमिल्ने बताए । “एउटै मुद्दा ५–७ पटकसम्म निरन्तर स्थगित भए मात्र प्रश्न उठ्न सक्छ,” उनले भने, “तर अहिले निवेदकले आफूअनुकूल समय खोज्दा पनि स्थगन हुन पुगेको शंका भने उठ्न सक्छ ।”

उच्च अदालत बुटवल इजलासमा कात्तिक १३ गते तोकिएको पहिलो पेसी जोशीका कानुन व्यवसायीको निवेदनमा स्थगित गरिएको थियो । कात्तिक २७ गतेको सुनुवाइमा न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले मुद्दासम्बन्धी मूल मिसिल सर्वोच्च अदालतबाट माग गर्ने आदेश दिएको थियो । मिसिल प्राप्त भएपछि तोकिएको अर्को पेसी अघिल्लो बिहीबार पनि स्थगित भएको थियो ।

कात्तिक २० गते पनि सुरु मिसिल माग्न आदेश दिइएको थियो । सर्वोच्चले सुरु मिसिल नपठाए पनि जिल्ला अदालतबाट प्राप्त प्रतिलिपि इजलासमा आएको छ ।

चौथो पटक मंसिर ४ गते न्यायाधीश मिलनकुमार राई र सानुमैयाँ डंगोलको संयुक्त इजलासमा तोकिएको पेसीमा लामिछानेका कानुन व्यवसायीले उच्च अदालत पाटनमा तोकिएको अर्को पेसी देखाएर सुनुवाइ स्थगित गराएका थिए । मंसिर ११ गतेको पेसी पनि लामिछानेकै तर्फबाट दोहोरो निवेदनमा स्थगित भयो ।

लामिछानेले थुनाबाहिर बसेर मुद्दा लड्न पाउन बिगो बराबरको रकम बुझाइसकेको दाबी गर्दै उच्च अदालतमा निवेदन दिएका थिए । उच्च अदालतले उनको निवेदनसँगै जोशीको फाइल पनि पेस गर्न आदेश दिएको थियो । यसअघि उच्च अदालत बुटवलले लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मागेको थियो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेसहितका प्रतिवादीविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँको सामूहिक बिगो कायम गर्दै अभियोगपत्र दायर गरिएको छ ।

चार जनामा बाँडिएका बिगोमध्ये लामिछाने र जोशीले आफू–आफ्नो भाग बराबरको रकम (२ करोड ७४ लाख ८४ हजार रुपैयाँ) बैंक जमानतका रूपमा पेस गरिसकेका छन् ।

तर उनीहरूको भागमा कति बिगो पर्छ भन्ने स्पष्ट नहुँदा दुवैलाई रिहा गर्न नमिल्ने ठहर गर्दै अदालतले समान प्रकृतिको आदेश दिएको थियो ।

हाल दुवै जना पुर्पक्षका लागि थुनामा छन् । भैरहवा कारागारमा रहेका लामिछानेलाई हालै ललितपुरको नख्खु कारागार सरुवा गरिएको छ भने जोशी भने भैरहवा कारागारमै रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?