ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

एमाले महाधिवेशन प्रतिनिधि छनोटः लुम्बिनीमा कोटाभन्दा तेब्बर आकांक्षी, सहमति कठिन

१२ मंसिर २०८२, शुक्रबार
१२ मंसिर २०८२, शुक्रबार

बुटवल, १२ मंसिर ।

नेकपा एमालेभित्र आसन्न महाधिवेशनलाई लिएर लुम्बिनी प्रदेशभरि प्रतिनिधि छनोटको हलचल तीव्र बन्दै गएको छ । शीर्ष नेताहरूको सबैभन्दा ठूलो उपस्थिति यहीँ प्रदेशमा भएकाले धेरै जिल्लामा आकांक्षीको संख्या कोटाभन्दा धेरै गुना बढी देखिन्छ । उपाध्यक्ष विष्णुप्रसाद पौडेल र युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू गोकर्ण विष्ट, छविलाल विश्वकर्मा तथा निलम्बित सचिव टोपबहादुर रायमाझी समेत यहीँ प्रदेशबाट प्रतिनिधित्व गर्ने भएकाले नेतृत्व–निकट कार्यकर्ताहरू प्रतिनिधि बन्न प्रतिस्पर्धामा उत्रिएका छन् ।
पोलिटब्यूरो र केन्द्रीय कमिटीमा मात्र झण्डै ६० जनाभन्दा बढी लुम्बिनीका प्रतिनिधि सक्रिय छन् । विभिन्न आयोगमा पनि १० जनाको उपस्थिति हुँदा धेरै नेताहरू आफ्ना मनपर्ने कार्यकर्तालाई महाधिवेशन प्रतिनिधि बनाउन इच्छुक देखिन्छन् । यही कारण विभिन्न जिल्लामा बढी उम्मेदवारी दर्ता भएको र छानोट प्रक्रिया जटिल बन्दै गएको एमालेभित्र स्रोतले जनाएका छन् ।

लुम्बिनीका धेरै जिल्लामा सहमतिमा प्रतिनिधि टुंग्याउने प्रयास हुँदैछ । तर, कोटा सीमित र आकांक्षी धेरै भएकाले अधिकांश जिल्लामा अन्ततः निर्वाचनमै गएर प्रतिनिधि छनौट गर्ने तयारी भएको एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलले बताए । उनका अनुसार ‘समूहगत’ भिडन्त भएको भनेर बाहिर चर्चा भए पनि वास्तविकता त्यस्तो छैन । सामान्य प्रतिस्पर्धालाई समूहगत विभाजन भन्न नहुने उनको तर्क छ ।

हालसम्म रुकुमपूर्वलगायत विभिन्न जिल्लाका केही निर्वाचन क्षेत्रमा मात्रै सर्वसम्मत टुंगो लागेको छ । एमाले रुकुमपूर्वका अध्यक्ष लीलामणि गौतमका अनुसार जिल्लाबाट ५ जनाको प्रतिनिधिका लागि सबै क्लस्टरबाट सर्वसम्मत प्रतिनिधि छनौट भएका हुन् ।

युवा, महिला र दलितमा बिहीबार नै सर्वसम्मत भएको थियो भने खुलामा पनि शुक्रवार सर्वसम्मत गरिएको गौतमले जानकारी दिए । यहाँबाट खुलातर्फ नन्दलाल शर्मा र बागलाल बुढामगर, युवातर्फ लीलामणि गौतम, महिलातर्फ, ⁠भावना बुढाथोकी र दलिततर्फ ⁠गोपालप्रसाद सुनार छनौट भएका हुन् । प्यूठानमा पनि सहमतिमा टुंगो लगाउने जिल्ला सचिवालयको निर्णय रहे पनि आकांक्षी धेरै भएकाले सहमति कठिन बनेको एमाले नेता गिरु भण्डारी बताउँछन् ।

अन्य धेरै जिल्लामा सर्वसम्मतको प्रयास भइरहेको भए पनि मनोनयन दर्ता गराउनेको संख्या कोटाभन्दा तेब्बर बढी भएपछि प्रतिस्पर्धा अपरिहार्य देखिएको पार्टी प्रचार विभाग प्रमुख डिआर घिमिरेको भनाइ छ । उनले यसपटक महाधिवेशनमा जान इच्छुकहरू धेरै भएकाले प्राथमिकताका आधारमा नेतृत्व चयन गर्नुपर्ने बताउँदै केन्द्रमा नगएकालाई मौका दिनुपर्ने मत राखे ।

प्रदेशमा केन्द्रीय राजनीतिक समूहभन्दा स्थानीय तहमा बनेका प्यानलहरू सक्रिय भएको देखिन्छ । महाधिवेशन प्रतिनिधि जित्न केन्द्रको लाइनभन्दा पनि स्थानीय गठबन्धन प्रभावकारी भएको नेताहरूको भनाइ छ । बाँकेका विष्णु वेल्वासेले जिल्लास्तरमा ठूलो विवाद नभएकाले धेरै ठाउँमा सहमतिबाटै समाधान खोजिने दाबी गरे ।

अर्घखांचीमा ओली पक्षका ३ जना सर्वसम्मत
अर्घाखाँचीबाट ओली पक्षका ३ जना सर्वसम्मत महाधिवेशन प्रतिनिधी भएका छन् । भुगोल युवातर्फ तोजबहादुर रायमाझी (विधान), दलिततर्फ लिलबहादुर विक र आशा परियार सर्वसम्मत भएका हुन । सर्वसम्मत भएका तिनै जना एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहेको एमाले अर्घाखाँची स्रोतले जनाएको छ । बांकी प्रतिनिधिका लागि निर्वाचन हुनेछ ।

यसपटक लुम्बिनीबाट सबैभन्दा धेरै प्रतिनिधि रुपन्देहीमा छनौट हुनेछन् । पाँच निर्वाचन क्षेत्र भएको रुपन्देहीलाई ३४ जनाको कोटा तोकिए पनि १६४ जनाले मनोनयन दर्ता गराएका छन् । मनोनयन फिर्ता गर्ने अवस्था न्यून रहेकाले अन्ततः प्रतिस्पर्धाबाटै टुंगो लगाउनुपर्ने एमाले प्रचार विभाग प्रमुख मीनप्रसाद पौडेलले बताए । यद्यपि रुपन्देही क्षेत्र नम्बर ३ र ५ बाट सर्वसम्मत प्रतिनिधि चयन भएको एमाले नेता खिमलाल भट्टराईले बताए ।

एमालेले लुम्बिनीबाट कुल १९० जना प्रतिनिधि पठाउनेछ । त्यसमा ७ जना मजदुर, ५ जना प्रदेश कमिटी र १२ जिल्लाबाट १७८ जनाको कोटा निर्धारण गरिएको छ । कोटाअनुसार दलित १९, युवा २६, महिला ५३ र खुला ८० प्रतिनिधि तोकिएका छन् । जिल्लागत कोटा हेर्दा रुपन्देही ३४, दाङ २२, गुल्मी २०, बाँके १५, बर्दिया १५, कपिलवस्तु १५, पाल्पा १४, अर्घाखाँची १३, पश्चिम नवलपरासी ११, प्यूठान ८, रोल्पा ६ र रुकुमपूर्व ५ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?