Butwal Today

ग्याँस बुलेट सडकमै तेर्सोपर्दा अवरुद्ध दाउन्ने सडक दुईतर्फी खुल्यो

१२ मंसिर २०८२, शुक्रबार
अ+
अ-

बुटवल, १२ मंसिर ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दाउन्ने खण्डमा बिहान ग्यास बुलेट अनियन्त्रित भएर सडकमै तेर्सो परेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहान करिब ६ बजेतिर वीरगञ्जबाट भैरहवातर्फ जाँदै गरेको आरजे ५२ जीबी ३७५२ नम्बरको खाली ग्यास बुलेट दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२, त्रिसठ्ठी मोडमा उकालो चढ्न नसकी ब्याक हुँदै सडकमै तेर्सो परेको हो ।

सडकमा अवरुद्ध भएको ट्राफिक बिहान ७ बजेतिर सफाइ गरी ग्यास बुलेट हटाएपछि पूर्वपश्चिम राजमार्ग पुनः दुईतर्फी यातायातका लागि खुला गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।