© २०२३
काठमान्डौ, १२ मंसिर ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति तथा शपथविरुद्ध दर्ता भएको रिटमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । हिजो सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा रिटमाथि निरन्तर सुनुवाइ भइरहेको छ ।
मधेस प्रदेशसभाको कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ जना सांसदले मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।
यसअघि रकी यादवसहितले दायर गरेको अर्को रिटमा सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई प्रदेश सरकारका दीर्घकालीन प्रभाव पर्ने कुनै नीतिगत निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले यस्तो आदेश जारी गरेको हो ।