Butwal Today

माइतीघरमा सरकारविरुद्ध जेनजी समूहको प्रदर्शन

११ मंसिर २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, ११ मंसिर ।

माइतीघरमा जेनजीको समूहले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । सहभागीहरूले माइतीघरमा भेला भएर पम्प्लेटसहित सरकारको विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले टाउकोमा कालो पट्टी बाँधेर “ओलीको खेलमा, सुशीलाको झेलमा, जेनजी सबै जेलमा”, “सुशीलाको पाराले दुख पाए साराले” र “जेनजीको आडमा चुरीफुरी, सुशीला सरकार कुरीकुरी” जस्ता नारा र पम्प्लेट प्रदर्शन गरेका छन् ।