© २०२३
बुटवल, ११ मंसिर ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा उच्च अदालत बुटवलको ३ नम्बर इजलासमा परेको छ । सो मुद्दा बिहीबार न्यायाधीश मिलनकुमार राई र सानुमाया डङ्गोलको संयुक्त इजलासमा सुनुवाइका लागि आएको हो ।
अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार, मुद्दा गोलाप्रथाबाट ३ नम्बर इजलासमा परेको हो । बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेको थियो ।
जिल्ला अदालतको आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थिए । अदालतले रवि लामिछाने र छविलाल जोशीको मुद्दा एकैसाथ हेर्ने आदेश दिइसकेको छ ।