© 2026
काठमान्डौ, १० मंसिर ।
नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीस्थित खुलाचौरमा हुने तय भएको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, मंसिर २७ गते महाधिवेशनको उद्घाटन भक्तपुरमा हुनेछ । काठमाडौँको भृकुटीमण्डपमा स्थल साँघुरो भएकोले उद्घाटन सत्र भक्तपुरमा गर्न लागिएको हो ।
महाधिवेशनको बन्द सत्र भने भृकुटीमण्डपमै आयोजना गरिनेछ । महासचिव शंकर पोखरेल संयोजक रहेको महाधिवेशन सचिवालय समितिको बुधबार बसेको बैठकले उद्घाटन सत्रको स्थान अन्तिम रूप दिने निर्णय गरेको हो ।
त्यसैगरी बैठकले महाधिवेशनको मुख्य नारा पनि तय गरेको छ । प्रचार विभाग प्रमुख गौतमले बताएअनुसार, मुख्य नारा “निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य” राखिएको छ ।