Butwal Today

नेपाल पानी जहाज कार्यालयका सहसचिव सिंहको राजीनामा स्वीकृत

९ मंसिर २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ, ०९ मङ्सिर ।

नेपाल पानी जहाज कार्यालयका सहसचिव (रजिष्ट्रार) प्रेमकुमार सिंहले दिएको राजीनामा स्वीकृत भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत उक्त कार्यालयका हाकिम सिंहले दिएको राजीनामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।