ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

निर्वाचन आयोगमा देउवाको हस्ताक्षरले कांग्रेसभित्र विवाद बढ्यो

९ मंसिर २०८२, मंगलवार
९ मंसिर २०८२, मंगलवार

काठमाडौँ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले शनिबार राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गर्दै निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गर्‍यो ।

‘संवत् २०८२ साल माघ ११ गते आइतबार हुने राष्ट्रियसभा सदस्य निर्वाचन र संवत् २०८२ साल फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि ‘नेपाली कांग्रेस’ लाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गर्दछ ।

सो प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने लगायतका कानून बमोजिमका सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिवलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गर्दछ,’ केन्द्रीय समिति बैठकको निर्णयमा उल्लेख गरिएको छ ।

बैठकको निर्णयबमोजिम आइतबार मुख्यसचिव कृष्णप्रसाद पौडेल र सचिव प्रकाश शर्माले निर्वाचन आयोगमा पुगेर दल दर्ता गरेका छन् । दल दर्ता गर्दा सभापतिको नाम शेरबहादुर देउवा र उनकै हस्ताक्षर प्रयोग भएपछि पार्टीभित्र विवाद सुरु भएको छ ।

कांग्रेसमा प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको १५ औँ महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने आवाज उठाइरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले निर्वाचनमा सभापतिका रूपमा देउवाको हस्ताक्षर नहुने प्रतिक्रिया दिइसकेका छन् ।

महामन्त्री थापाले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘निर्वाचन अगाडि नै पार्टी महाधिवेशन गरेर नयाँ नेतृत्वसहितको कार्यसमिति निर्वाचन आयोगमा अध्यावधिक गराउनेछ र त्यही नेतृत्वले बाँडेको टिकटका आधारमा निर्वाचन लडिनेछ ।’

थापाले थपे, ‘बिहानै धेरै साथीहरूले सोधिरहेका छन्, पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो  ? मैले भनेँ होइन । अब विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ । त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुनेछ । नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ । नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरबाट पार्टी चुनाव लड्छ ।’

सभापति देउवाले गत असोज २८ गते केन्द्रीय कार्यसमिति बैठकमा लिखित सम्बोधन गर्दै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर सक्रिय राजनीतिबाट अलग हुने सन्देश दिएका थिए । त्यसको डेढ महिनाभित्र निर्वाचन आयोगमा दल दर्ता गर्दा आफ्नै नाम र हस्ताक्षर पठाएर आफू राजनीतिबाट नबाहिएको सन्देश दिन खोजेका छन् । यसले महामन्त्रीद्वयलाई पुनः सशंकित बनाएको छ ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले सोमबार नै इलामको जिल्ला पार्टी कार्यालयमा निर्वाचन आयोगमा देउवाको नाम र हस्ताक्षर पठाउने कार्यको घुमाउरो पारामा विरोध गरेका छन् । उनले दुई विकल्प प्रस्तुत गरेका छन्  पहिलो, पुस अन्तिम साताका लागि नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका निर्माण गर्ने र आवश्यकता परे थप १५ दिन लिएर महाधिवेशन सम्पन्न गर्ने ; दोस्रो, सभापतिज्यूले देशको परिस्थिति, पार्टीको अवस्था र समयको चाप बुझेर स्वयं मार्गनिर्देशन गर्ने ।

यसको विरोधमा केन्द्रीय सदस्य कल्याण गुरुङले भनेका छन्, ‘पार्टीले २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गरिसकेको छ । पार्टीले निर्वाचन तयारी सम्पन्न गर्नुपर्छ र पार्टी एकताबद्ध रहनुपर्छ । त्यसैले पार्टीले अहिले विशेष महाधिवेशनमा अलमलिने सम्भावना कम छ । वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा पार्टी निर्धक्क निर्वाचनमा जानेछ ।’ गुरुङ पार्टीको १४ औँ महाधिवेशनमा देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका नेता हुन् ।

निर्वाचन आयोगमा देउवाकै नाम पठाइएपछि त्यसअघि नियमित वा विशेष महाधिवेशन भएन भने निर्वाचनमा हस्ताक्षरबाट टिकट वितरण हुने निश्चित भएको छ । महाधिवेशन गरेर नयाँ नेतृत्व चुनियो र आयोगमा अध्यावधिक भयो भने मात्रै देउवाको हस्ताक्षर परिवर्तन हुनेछ ।

निर्वाचन आयोगमा सभापति देउवा र उनकै हस्ताक्षर पठाइएपछि संस्थापन पक्षले त्यसलाई गर्वका रूपमा लिएका छन् भने अन्य समूह सशंकित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?