© २०२३
काठमाडौँ ।
कप्तान दीपेन्द्रसिंह ऐरीको बल र ब्याट चलेपछि कर्णाली याक्सविरुद्धको खेलमा सुदूरपश्चिमले सानदार जित हासिल गरेको छ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सोमबार सुदूरपश्चिमले लगातार तेस्रो खेल जितेको हो। यसअघि सुदूरपश्चिमले पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाजलाई पराजित गरेको थियो। यो जितसँगै सुदूरपश्चिमको ६ अंक भएको छ।
कर्णाली दिएको १४० रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले १९.२ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्रै बनाउन सक्यो। कर्णालीका लागि पवन सर्राफले सर्वाधिक २७ रन बनाए।
त्यस्तै, मार्क वाटले १७, सोमपाल कामीले १४ र गुल्सन झाले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
सुदूरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए। त्यस्तै, हरमित सिंहले दुई, स्कट कुग्लेजिन, हेमन्त धामी र अविनास बोहराले एक-एक विकेट लिए।
यअसघि ब्याटिङ गरेको सुदूरपश्चिमले नौ विकेटको क्षतिमा १३९ रन बनाएको थियो। सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले बनाएको ३९ रन नै सर्वाधिक रह्यो। उनी २८ बलमा एक चौका र दुई छक्का प्रहार गर्दा मार्क वाटको बलमा नजिबुल्लाह जड्रानको हातबाट क्याच आउट भए।
त्यस्तै, २५ बलमा तीन चौका सहयोगमा २७ रन बनाएका आरिफ शेख नन्दन यादवको बलमा बोल्ड आउट भए। हरमित सिंहले १९ र क्रिस लिनले १८ रन थपे।
स्कट कुग्लेजिन १० रनमा बोल्ड आउट भए। विनोद भण्डारी ११ रन बनाउँदा एलबीडब्लुको धरापमा परे।
कर्णालीका लागि सोमपाल कामीले तीन विकेट लिए। त्यस्तै, नन्दन यादवले दुई, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक–एक विकेट लिए।
मंगलबार काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच अपराह्न ४ बजे प्रतिस्पर्धा हुनेछ।