© २०२३
काठमान्डौ, ८ मंसिर ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गराएको आरोपमा पक्राउ परेकाहरूले २ करोड ५ लाख रुपैयाँ बराबरको अवैध कारोबार गरेको खुलासा भएको छ ।
दुई पटकमा प्रहरीले भारतीयसहित ९ जना र एक नेपाली महिलालाई गरी १० जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार पक्राउ परेकाहरूको डिजिटल कारोबार विवरण विश्लेषण गर्दा २ करोड ५ लाख रुपैयाँ बराबरको लेनदेन देखिएको छ ।
पक्राउ परेकामध्ये दुई जनालाई खेलाडीहरूसँग म्याच फिक्सिङमा संलग्न भएको आरोपमा पक्राउ गरिएको छ भने बाँकी आठ जना सट्टेबाजी संचालन गरेको आरोपमा पक्राउ परेका हुन् ।