Butwal Today

कुलमान घिसिङ भन्छन्: फागुन २१ मा नै निर्वाचन हुन्छ

८ मंसिर २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

ऊर्जा तथा सहरी विकास मन्त्री कुलमान घिसिङले सरकारले घोषणा गरेको मितिमा नै निर्वाचन हुने बताएका छन् । सोमबार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले यस्तो जानकारी दिएका हुन् ।

मन्त्री घिसिङले निर्वाचनका विषयमा सरकारले राजनीतिक दलहरूसँग छलफल गरिरहेको बताए । उनले भने, ‘निर्वाचन समयमा हुनेछ । सरकार निर्वाचन केन्द्रित काम गरिरहेको छ । सबै राजनीतिक दल निर्वाचनमा जानुको विकल्प छैन ।’

उनले हाल राजनीतिक दलहरू निर्वाचन आयोगमा दर्ता भइरहेको जानकारी पनि दिएका छन् ।