Butwal Today

हाम्रो पार्टी नेपालले लियो दल दर्ताको प्रमाणपत्र

८ मंसिर २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, ८ मंसिर ।

खगेन्द्र सुनारको नेतृत्वमा १८ कात्तिकमा दल दर्ताको निवेदन निर्वाचन आयोग पुगेको थियो । सोही निवेदनलाई आयोगले आइतबार औपचारिक रूपमा दर्ता गर्ने निर्णय गरेको हो ।

सोमबार सुनारसहितका पार्टी नेताहरू आयोग उपस्थित भएर दल दर्ताको प्रमाणपत्र ग्रहण गरेका छन् । आयोगले हाम्रो पार्टी नेपाल लाई दर्ता नम्बर २१६ प्रदान गरेको छ ।

पार्टीले चुनाव चिन्ह गोलो घेराभित्र रहेको लाइक चिन्ह चयन गरेको आयोगले जनाएको छ ।