Butwal Today

नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गर्‍यो

७ मंसिर २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि आज दल दर्ता गरिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले  जानकारी दिए ।

‘आज (आइतबार) बिहान ११ बजे दल दर्ता निवेदन दिइयो,’ उनले भने । ‘पार्टीको निर्णयअनुसार राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका दल दर्ता गर्‍यौँ ।’

आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन हुँदैछ भने फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनमा भाग लिन आजसम्म दल दर्ता गर्न समय दिएको थियो भने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि मंसिर १० गतेसम्म दल दर्ता गर्न सकिनेछ ।