Butwal Today

हिरासतमै पुगेर युवराज सङ्ग्रौलाले गरे दुर्गा प्रसाईँसँग भेट

७ मंसिर २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

पूर्व महान्यायाधिवक्ता तथा काठमाडौँ स्कुल अफ ल (केएसएल) का संस्थापक एवं प्रबन्ध निर्देशक युवाराज सङ्ग्रौलाले दुर्गा प्रसाईँलाई भेटेका छन् । शनिवार भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमै पुगेर सङ्ग्रौलाले उनीसँग भेट गरेका हुन् ।

राष्ट्रिय, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईँसँग सङ्ग्रौलाले नातेदारको हैसियतले भेटघाट गरेको प्रहरी अधिकृतहरूले बताएका छन् । शनिवार साँझ प्रसाईँको समूह र सरकारबीच १० बुँदे सहमति भएपछि उक्त समूहले आन्दोलन र बन्दका कार्यक्रम फिर्ता लिएको थियो ।

प्रहरीले आज प्रसाईँलाई सर्वोच्च अदालतमा उपस्थित गराउँदै छ । बन्दी प्रत्यक्षीकरण रिटमा अदालतको आदेशअनुसार प्रसाईँलाई सर्वोच्चमा उपस्थित गराउन लागिएको काठमाडौँका एसएसपी रमेश थापाले  जानकारी दिए ।

प्रहरीले प्रसाईँविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा दोस्रोपटक ५ दिनको म्याद लिएर थुनामा राखेको छ । उनी मङ्सिर २ गते बिहान पक्राउ परेका हुन् ।