ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

सुस्तामा बालुवा तस्करी चल्दा प्रहरी मौन

६ मंसिर २०८२, शनिबार
६ मंसिर २०८२, शनिबार

नवलपरासी, ०६ मङ्सिर ।

जिल्लाको सुस्ता  गाउँपालिकाको बालुवा खानी क्षेत्रमा स्थानीय सरकार र प्रहरीको मिलेमतोमा अवैध उत्खनन भई रहेको छ ।

स्थानीय प्रहरी र जनप्रतिनिधिहरूको संलग्नतामा बालुवा उत्खनन गरी तस्करी गर्ने कार्य तीव्र रूपमा हुन थालेको स्थानीयले आरोप लगाएका हुन् ।

सुस्ता–४ नसर्हीको रेता क्षेत्रमा रहेका उखडा ऐलानी जग्गाको रूपमा जोत भोग गरिरहेका बालुवा खानीबाट लाखौँ मूल्य बराबरको बालुवा उत्खनन गरी स्थानीय क्रसर उद्योग तथा भैरहवासम्म बालुवा जाने गरेको स्थानीयले बताए ।

यसमा प्रहरी मौन छ, जनप्रतिनिधिलाई मतलब छैन । दैनिक ५ देखि १० हायबा बालुवा निकासी हुने गरेको एक स्थानीयले देखाए । सो क्षेत्रबाट ढुवानी गर्ने हायबाको पछाडि नम्बर प्लेट पनि देखिन्न, उनले भने, यी सबै हायबा इलाका प्रहरी कार्यालय नजिकैबाट जाने गरेको छ ।

स्थानीय सुस्ता गाउँपालिकाको पर्ने भएकोले प्रतापपुर गाउँपालिकाले चासो देखाएको छैन । सुस्ता गाउँपालिकाले स्थानीयले आफ्नै नम्बरी खेतबाट भष्टक लगेको होलान भन्दै मौन स्वीकृति दिँदै खानीबाट तस्करी गराउन प्रोत्साहन गरी रहेको स्थानीयको आरोप रहेको छ ।

पानी सहित हायबा हिँड्दा हालै बनेका पक्कि सडकलाई लाई समेत नोक्सान पु¥याउने र गाउँमा धुलोम्य बनाउँदै प्रदूषित वातावरण बनाई रहेको गुनासो समेत गरेका थिए ।  खानी क्षेत्रबाट निस्कने हायबा हिडेको सबैले देखेका छन्, एक स्थानीयले भने, प्रहरीले नदेख्ने कुरै हुदैन् ।

लाभांश लिएपछि नाटकीय कार्य गर्नु पर्ने अवस्था नै प्रहरीको रहेको छ । अहिले प्रहरी रमिता हेरेर बसेको छ । सामान्य किसानले आफ्नो खेतको माटा आफ्नो घरमा लैजाँदा पनि केरकार गर्ने,सोधखोज गर्ने प्रहरी हाईवामा लोड गरेर इलाका प्रहरी कार्यालय बेलाटारी कै अगाडीबाट ढुवानी गर्दा आफूलाई जानकारी नभएको सो कार्यालयका प्रहरी निरीक्षकले प्रतिक्रिया दिइएका थिए ।

प्रक्रिया पु¥याएरै लगेको हुन सक्ने उनको बहानाबाजी अभिब्यक्ति रहेको थियो । यसबारे जिससले समेत चासो लिएको जनाएको छ । यसबारे आफूले सम्बन्धित पालिका र प्रहरीसँग बुझ्ने जिसस प्रमुख भगौती प्रसाद यादवले बताए ।

खोलामा जथाभाबी चोरी भई रहेको गुनासो आई रहेका छन् । स्थानीय पालिकाहरूले यदि बिक्री वितरण योग्य छन्, भन्ने वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) गराई राजस्व उठाउने वातावरण मिलाउनु पर्ने उनको भनाई थियो ।

बालुवा र भस्कटको आवश्यकता पनि छ, चोरी पनि रोक्न सकिएको छैन, भने प्रक्रिया पुर्‍याई निकासी ठेक्का लगाउनु पर्ने जिससको दाबी थियो । तर राज्यको राजस्व भन्दा प्रहरीलाई राजस्व मिलाएरै काम गराउनमा तस्करहरू लागि परेको स्थानीय बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?