© २०२३
काठमाडौँ ।
सुदूरपश्चिम रोयल्सले दिएको विशाल लक्ष्य पछ्याउने क्रममा पोखरा एभेन्जर्सले खराब सुरुवात गरेको छ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले पावर प्लेमा २५ रनमै तीन विकेट गुमाएको हो। पोखराका प्रारम्भिक ब्याटर एडम रोसिंटन पहिलो ओभरमै आउट भए। उनले एक रन मात्रै बनाए।
त्यसपछि तेसे ओभरमा दिनेश खरेल आउट भए। उनले नौ बलमा ६ रन मात्रै बनाउन सके। पाँचौ ओभरमा किरण ठगुन्ना नौ रन बनाएर फर्किए।
सुदूरपश्चिमका लागि हरमित सिंहले दुई विकेट लिए। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा १९३ रन बनाएको हो।