© २०२३
काठमान्डौ, ५ मंसिर ।
आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका चर्चित गायक तथा संगीतकार बाबुल गिरी तीन लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतको आदेशपछि बुधबार उनी हिरासतबाट मुक्त भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
गायिका नितु पौडेल मृत फेला परेपछि प्रहरीले गिरीमाथि दुरुत्साहन सम्बन्धी आरोपमा अनुसन्धान थालेको थियो । पौडेलले अनामनगरस्थित गिरीकै स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् ।
पौडेलको परिवारका अनुसार नितु र बाबुल प्रेम सम्बन्धमा थिए र गिरीले विवाह गर्न अस्वीकार गरेपछि नितुले आत्महत्या गरेको दाबी छ ।