© २०२३
काठमान्डौ, ४ मंसिर ।
सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
आफ्ना बाबु गैरकानूनी थुनामा राखिएको दावी गर्दै प्रसाईंका छोराले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दायर गरेका थिए । न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंलाई किन थुनिएको हो भन्ने कारण पेश गर्न र उनलाई सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पुर्याउने अभिव्यक्ति दिएको आरोपमा मध्यराति पक्राउ गरिएको थियो । भक्तपुरस्थित निवासबाटै पक्राउ परेका उनी हाल जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा छन् ।