Butwal Today

सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढ्यो

४ मंसिर २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, ४ मंसिर ।

सुनको मूल्य आज तोलामा ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ बढेर तोलाको २ लाख ४३ हजार रुपैयाँ पुगेको छ। हिजो यो मूल्य २ लाख ४२ हजार ३ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य पनि आज तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको ३ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ ३ हजार १ सय ५० रुपैयाँ थियो ।