© २०२३
काठमान्डौ, ३ मंसिर ।
शहीद स्मारक लिगका क्लबहरूले ए डिभिजन लिग तुरुन्त सुरु गर्न दबाब दिन भोलि एन्फा कम्प्लेक्सको गेटमा आन्दोलन चर्काउने तयारी गरेका छन् ।
क्लबहरूले लिगका सबै प्रतियोगिता समयमै आयोजना गर्न, ए डिभिजन क्लबहरूसँग भएको सम्झौता कार्यान्वयन गर्न र अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रतियोगिता सञ्चालन गर्न सरकार तथा एन्फामा माग राखेका छन् ।
यसअघि नेपाल फुटबल खेलाडी संघले सातदोबाटो एन्फा कम्प्लेक्स गेटमा धर्ना दिँदै घरेलु फुटबल नियमित गर्न र ए डिभिजन लिग तुरुन्त सुरु गर्न माग गरेको थियो ।
वर्तमान राष्ट्रिय टिमका खेलाडीहरू—अन्जन विष्ट, रोहित चन्द, एरिक विष्ट, सनिश श्रेष्ठ—सहित अन्य चर्चित खेलाडीहरू विक्रम लामा, विकेश कुथु, विशाल श्रेष्ठ पनि एन्फा पुगेका थिए। उनीहरूको एउटै माग थियोस् “ए डिभिजन लिग हुनुपर्छ, खेलाडीले खेल्न पाउनुपर्छ, घरेलु फुटबल नियमित हुनुपर्छ ।”