© २०२३
काठमान्डौ, ३ मंसिर ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गराएको आरोपमा एक भारतीय नागरिकसहित दुई जना पक्राउ परेका छन् ।
पपक्राउ पर्नेमा हरियाण रानिमहाल पानीपतका २८ वर्षीइ दिलप्रित सिंह र बर्दिया घर भइ भारत चण्डिगढ बस्ने २४ वर्षीय रेविका सिंह ठकुरी छन् ।
उनीहरूले खेलाडीलाई स्पोन्सर गर्छौँ भनी ह्वाट्सएप र इन्स्टाग्राममार्फत सम्पर्क गरी सट्टेबाजी गराएको आरोप प्रहरीले लगाएको छ । पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।