Butwal Today

सुदूरपश्चिमविरुद्ध काठमाडौंले बलिङ गर्दै, को-को परे प्लेइङ-११ मा ?

३ मंसिर २०८२, बुधबार
अ+
अ-

काठमान्डै, ३ मंसिर ।

नेपाल प्रिमियर लिग (एनपीएल)  अन्तर्गत आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीचको खेल सुरु भएको छ ।

आजको टस काठमाडौं गोर्खाजले जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । काठमाडौं टोलीले इरामसको सट्टा सनी पटेललाई मैदानमा उतारेको छ ।

काठमाडौं गोर्खाजले पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको थियो। सुदूरपश्चिम रोयल्सका लागि आज खेल पहिलो खेल हुनेछ ।

काठमान्डु गोर्खाज

करण केसी (कप्तान),शाहब अलाम, भीम सार्की, रशिद खान, सन्तोष यादव, आकाश त्रिपाठी, आदिल अन्सारी, बेन चार्ल्सवर्थ, मिलिन्द कुमार, सनी पटेल, जोन सिमसन ।

सुदूरपश्चिम रोयल्स

दीपेन्द्रसिंह ऐरी (कप्तान), आरिफ शेख, अभिनास बोहरा, नरेन साउद, इशान पाण्डे, विनोद भण्डारी, हेमन्त धामी, क्रिस लिन, स्कट कुगेइलिन, जोन ब्राउन, हर्मित सिंह ।