© २०२३
काठमान्डौ, ३ मंसिर ।
सिमरा विमानस्थल आसपासको तनावग्रस्त अवस्थाका कारण आजका लागि तय गरिएको सबै उडान रद्द गरिएको छ ।
सिमरामा दैनिक पाँच उडान गर्दै आएको बुद्ध एयरले आज एक मात्र उडान सम्पन्न गरेको थियो । दोस्रो उडानमा एमालेका नेताहरू समेत सवार हुने तय थियो । तर विमान धावनमार्गमा नपुग्दै फर्काइएको छ ।
बारामा जारी कर्फ्यूका कारण उडान सञ्चालन असम्भव बनेको काठमाडौं विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए । उनका अनुसार कर्फ्यूको परिस्थितिका कारण आजका अन्य सबै उडानहरू स्थगित गरिएको हो ।