Butwal Today

राष्ट्रिय सभाको सचिवमा कंडेल नियुक्त

२ मंसिर २०८२, मंगलवार
अ+
अ-

काठमान्डौ, २ मंसिर ।

राष्ट्रिय सभाको सचिवमा तुल बहादुर कंडेल नियुक्त भएका छन् ।

राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले कंडेललाई सचिव नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ईश्वरीप्रसाद पाण्डेका अनुसार, नियुक्ति आजैबाट लागू हुनेगरी गरिएको हो ।