Butwal Today

विप्लव नेतृत्वको पार्टीको नाम फेरियो

२ मंसिर २०८२, मंगलवार
अ+
अ-

काठमान्डौ, २ मंसिर ।

विप्लव नेतृत्वको पार्टीले आफ्नो दलको नाम नेपाल कम्युनिस्ट पार्टी (माओवादी)  राख्ने निर्णय गरेको छ । यसअघि नेपाल कम्युनिस्ट पार्टीको नाममा सञ्चालन हुँदै आएको उक्त पार्टीले अब निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी)  को नाममा दर्ता गराएको हो ।

पार्टीका महासचिव विप्लवले मंगलबार आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको जानकारी दिए । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले महासचिव विप्लवलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

निर्वाचन आयोगले विप्लवको दललाई चुनाव चिन्ह गुलाफको फूल प्रदान गरेको छ। विप्लवले कात्तिक ११ गते दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।

विप्लव १० वर्ष माओवादी जनयुद्धमा सक्रिय रहेका थिए । शान्ति प्रक्रियामा आएपछि उनी पहिलोपटक निर्वाचनमा भाग लिन लागेका हुन् । उनले अघिल्ला तीन निर्वाचन—२०७०, २०७४ र २०७९—बहिस्कार गरेका थिए ।

एकीकृत जनक्रान्ति असफल भएपछि विप्लवले निर्वाचनलाई क्रान्तिको फरक मोर्चाको रूपमा व्याख्या गरेका छन् ।