Butwal Today

चितवनविरुद्ध कर्णालीका पन्चलले पूरा गरे अर्धशतक

२ मंसिर २०८२, मंगलवार
अ+
अ-

काठमान्डौ, २ मंसिर ।

प्रियान्स पन्चलको अर्धशतकको सहयोगमा कर्णाली याक्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा चितवन विरुद्ध १० ओभर सकिँदा ७२ रन पूरा गरेको छ । कर्णालीका लागि पन्चलले २८ बलमा ५० रन पूरा गरेका हुन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको कर्णालीले १० ओभरको समाप्तीमा १ विकेटको क्षतिमा ८२ रन बनाएर खेलिरहेको छ ।

क्रिजमा प्रियाङक पञ्चल ६० र मार्क वाट १ रनमा अविजित छन् । अर्का अ‍ोपनर म्याक्स ओ डाउड २० रन बनाउँदा सैफ जैवको कलबमा बोल्ड आउट भए ।