© २०२३
काठमान्डौ, २ मंसिर ।
डिम्ब किनबेच प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेको भन्दै महान्यायाधिवक्ता सबिता भण्डारी बरालविरुद्ध दायर गरिएको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ ।
मंगलबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा उक्त रिटको प्रारम्भिक सुनुवाइ तय गरिएको हो ।
अधिवक्ता उपेन्द्र रावतसहितका कानुन व्यवसायीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, महान्यायाधिवक्ता बराल, महान्यायाधिवक्ता कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोलाई विपक्षी बनाउँदै सोमबार रिट दायर गरेका थिए ।
नाबालिगको डिम्ब किनबेच गरिएको उजुरी परेपछि केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले बालबालिका सम्बन्धी ऐन, २०७४ अन्तर्गत अनुसन्धान अघि बढाएको थियो । सो क्रममा डा। स्वस्ती शर्मा सहित केही व्यक्तिलाई नियन्त्रणमा समेत लिइएको थियो । तर अदालतले उनीहरूलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
अनुसन्धान सम्पन्न भएपछि प्रहरीले भदौ १ गते प्रतिवेदन सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस गरेको थियो । त्यहाँबाट मुद्दा नचलाउने निष्कर्षसहित प्रतिवेदन सरकारी वकिलको कार्यालय पाटनमा पठाइएको तथा पछिल्लो चरणमा महान्यायाधिवक्ता कार्यालयले पनि मुद्दा नचलाउने निर्णय गरेको हो ।
दुवै तहबाट मुद्दा नचाल्ने निर्णय भएपछि महान्यायाधिवक्ता बरालले ‘आफ्नै पक्षका व्यक्तिलाई जोगाएको’ आरोप उठ्दै आएको छ ।