Butwal Today

जसपाको कार्यकारिणी समिति बैठक आज पनि

२ मंसिर २०८२, मंगलवार
अ+
अ-

काठमान्डौ, २ मंसिर ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी ९जसपा० को कार्यकारिणी समिति बैठक आज पनि बस्दैछ ।

नवगठित नेपाली कम्युनिस्ट पार्टीसँग एकता गर्ने कि मधेसवादी दलहरूसँग सहकार्य विस्तार गर्ने भन्ने विषयमा औपचारिक निर्णय लिन जसपाले कार्यकारिणी बैठक निरन्तरता दिएको हो ।

सोमबारदेखि जारी बैठकले बुधबारसम्ममा निष्कर्ष निकाल्ने जानकारी जसपा नेता प्रदीप यादवले दिए । कार्यकारिणी समितिमा चार आमन्त्रित सदस्यसहित कुल १५ सदस्य रहेका छन् ।

यादवका अनुसार नेपाली कम्युनिस्ट पार्टीसँग एकता गर्ने कि मधेसवादी शक्तिसँग नजिकिनुपर्ने भन्ने विषयमा कार्यकारिणीभित्र दुई धारणा प्रस्तुत भएका छन् ।

आज बस्ने बैठकले यी विकल्पमध्ये कुनै एकमा औपचारिक निर्णय लिने बताइएको छ। बैठक दिउँसो २ बजे बस्ने तय गरिएको छ ।