© २०२३
काठमान्डौ, ३० कार्तिक ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार दिउँसो ३ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा बस्ने गृह मन्त्रालयका प्रवक्ता तथा सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव आनन्द काफ्लेले जानकारी दिए ।
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन तथा दुर्गा प्रसाईँले आह्वान गरेको आन्दोलनका क्रममा उत्पन्न हुन सक्ने सुरक्षासम्बन्धी चुनौतीका विषयमा आवश्यक तयारी र समन्वय गर्न मन्त्री अर्यालले बैठक आह्वान गरेको बताइएको छ ।
बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका बलाधिकृत रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा मन्त्रालयको शान्ति–सुरक्षा महाशाखाका प्रमुख सहभागी रहनेछन् ।